मेलिना राईको यो गीतले मचायो तहल्का , टिकटकमा सारी लाउने होडबाजी ( भिडियो)

काठमाडौं । पछिल्लो १/२ दिन देखि सामाजिक संजाल टिकटकमा सारी लाउने होडबाजी जस्तै देखिएको छ यो होडबाजी अरु केहि न भएर
लोकप्रिय गायिका मेलिना राई र गायक करण परियारको युगल स्वरमा रहेको गीत ‘सारी लाउन’ सार्वजनिक भएपछि आमनारीहरुको टिकटकमा सारी लाएर भीडीयो पोस्ट गर्ने संख्या ह्वात्तै बढेको हो ।
गीतकार दीपक बरुणको शब्द रचना र कुशल सिंहले एरेन्ज गरेको गीतमा नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको छ जसलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडियोमा पनि ‘सारी लाउन’ आउदा मोडेललाइ कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ। सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: २०२५-०८-१० , समय : १३:२२:१६ , ३ हप्ता अगाडि