गायिका खुसी थुलुङ्गको तीज गीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक

काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन अब हप्ता दिन मात्रै बाँकी भएपनि तीजका नयाँ नयाँ गीतहरु सार्वजनिक गर्ने क्रम अझै जारी छ । यस्तैमा लोकप्रिय गायिका खुसी थुलुङ्गले आफ्नो मौलिक तीजगीत ‘रातो सारी रातो चुरा’ सार्वजनिक गरेकी छिन ।
मंगलबार साँझ सार्वजनिक गीत ‘रातो सारी रातो चुरा’ गीतमा सुरेन्द्र रानाको शब्दरचना र बिरेन शाक्यको संगीत रहेको छ गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।
गायिका खुसी थुलुङ्गको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा तीज मनाउदा मितव्ययी भएर मनाउन ,फजुल खर्च न गर्न र रमाइलोको लागि मनाइने पर्व भएकाले नाच्दै गाउदै मनाउनको लागि लागि गीत मार्फत आग्रह गरिएको छ ।
यसअघि ‘खुसीका रङ्गहरू’ गीतिसङ्ग्रहको साथसाथै दर्जनौ गीतहरु सार्वजनिक भैसकेका खुसीको गीतमा सामाजिक संदेशलाइ प्रस्तुत गरिएको पाइन्छ ।

 

 

प्रकाशित मिति: २०२५-०८-२० , समय : १२:५४:२५ , १ हप्ता अगाडि