पहिचानवादी आन्दोलनकारीले गरे इटहरी २० वडा कार्यालय र प्रहरीको गाडीमाथि तोडफोड

इटहरी । कोशी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलनरत पहिचानबादीहरूले इटहरी उपमहानगरको वडा नम्बर २० कार्यालयमा तोडफोड गरेका छन् ।

पहिचानको आन्दोलनमा लागेका उनिहरुले हिंसात्मक आन्दोलनलाई बढावा दिँदैइटहरी २० को वडा कार्यलय र प्रहरीको गाडी समेत तोडफोड गरेका हुन ।

शुक्रबार बिहान इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका थिए भने शुक्रबारै तरहरा प्रहरीको गाडीमा समेत तोडफोड गरेका हुन । तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यालमा तोडफोड गरिएको थियो ।

बाक्लो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले वडा कार्यालयका सिसा तोडफोडसँगै डिजिटल बोर्ड समेत तोडफोड गरेका छन् । सोही समूहले सुरक्षाका लागि खटिएको तरहरा प्रहरी चौकीको ना १ झ ६२० नम्बरको प्रहरीको गाडी तोडफोड गरेको छ ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : १९:२८:५८ , ३ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित