
काठमाडौं । नेपाल आइडल सिजन-६ की विजेता बन्न बन्न सफल भए संगै गंगा सोनामको पहिलो रेकर्डड गीत सार्वजनिक भएको छ। उनको एकल स्वरमा बिहिबार सार्वजनिक ‘ गुनासो ‘बोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ।
गीतकार प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खडका ले निर्देशन गरेका हुन् उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाले सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईँको अफिसियल
युट्युब च्यानल ( OfficialPradeepChapagain) बाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: २०२५-०९-०५ , समय : १४:५९:०७ , ५ घन्टा अगाडि