एकीकृत समाजवादीले गठबन्धनका साझा उम्मेदवारलाई सघाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको ५७ औं सचिवालयको बैठकले बैठकले आगामी २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले बाराको निर्वाचन क्षेत्र नं. २ चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँको निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन जनाउँदै मत दिन आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन गर्ने निणय भएको बैठक पछि पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १६:२८:२९ , २ वर्ष अगाडि