धरानलाई कृषि हव बनाउन मेयर हर्क साम्पाङले मागे कृषि मन्त्रीसँग सहयोग

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा। बेदुराम भुसाल र धरान उप महानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ राई बीच भेटघाट भएको छ । मन्त्री भुसाललाई बधाई दिन नगर प्रमुख साम्पाङ राई उनकै कार्यकक्षमा पुगेका हुन ।

भेटघाटको क्रममा नगर प्रमुख साम्पाङले धरान उप महानगरपालिकालाई कृषि हव बनाउन चाहेको बताएका थिए ।
सिंगो धरानलाई कृषिकै नमुना क्षेत्र बनाउने गरी अगाडि बढेको भन्दै मन्त्री भुसाल समक्ष आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।

नगर भित्र रहेका सार्वजनिक जग्गामा फलफूल र तरकारी खेती गर्ने गरी उनले मन्त्री समक्ष आफ्ना योजना सुनाएका थिए । मन्त्री भुसालले आफ्नो मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । आफू केही गर्ने सोचका साथ मन्त्रालयको जिम्मेवारीमा आएको भन्दै सबैसँग मिलेरै अगाडि बढ्न चाहेको मन्त्री भुसालले बताए ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : २१:३०:१९ , २ वर्ष अगाडि