झापामा एमाले कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित

भद्रपुर । गत निर्वाचनमा झापा ३ मा नेकपा एमालेका प्रदेश सभाका उममेदवार वसन्त बानियाँका कमाण्डरहरूले एमाले परित्याग गरेका छन् ।

झापा क्षेत्र न. ३ कचनकवल निवासी एमालेका सशक्त कार्यकर्ताहरू भक्त लामिछाने र राजकुमार राजवंशी नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध भएका छन ।

उनीहरूलाई नेकपा एकीकृत समाजवादीका झापा जिल्ला सचिवालय सदस्य डम्बर गिरीले पार्टी प्रवेश गराएका छन ।

प्रकाशित मिति: २०२३-०४-०८ , समय : १९:२८:२७ , २ वर्ष अगाडि