
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नुवाकोटको विदुर नगर स्तरीय कार्यकर्ता भेलाले २५ सदस्यीय सहितको नगर कमिटी गठन गरेको छ।
विदुर नगर कमिटीको आयोजनामा भएको बैठकले विदुर नगर कमिटीको संयोजकमा सजन कुमार श्रेष्ठलाई चयन गरेको पार्टी उपसचिव उद्वव पनेरुले जानकारी दिए । पनेरुका अनुसार सहसंयोजकमा सुजना खतिवडा,सचिवमा दिपेश लाल चित्रकार र सहसचिवमा वर्षा चित्रकारलाई चयन गरेको छ।

त्यस्तै, सदस्यहरुमा जीवन कुमाल,दिपक थापा,सविता श्रेष्ठ,हरिमाया तामाङ श्रेष्ठ,गौरी विक,राजु रिमाल,शंकर गजुरेल,साजन राई,गोपिनि केसि,वासु चित्रकार,अनिश्मा राई,सीता राई,सविता सडौला,कृति थापा,हरि गुरुङ,निर्जल राई,विनोद केसि,सारदा गजुरेल ,सम्भव न्यौपाने,महेन्द्र लाल डंगोल सहित २५ सदस्यिय कमिटि निर्माण भएको पनेरुले बताए ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय उपमहासचिव गंगालाल तुलाधारले समाजवादी पार्टीलाई नुवाकोटको १२ वटै पालिकाहरुमा वडा कमिटी देखि पालिका किमिटी सम्मका सबै संगठन बिस्तार गर्दैलैजानका लागि सहयोग गर्न केन्द्रीय पार्टीले नुवाकोटमा खटाएको र पार्टीको निर्देशन अनुसार सबै भातृसंगठन बनाएर जाने प्रतिवद्वता व्यक्त गरेका हुन ।
उनको भनाई अनुसार शनिवार विदुर नगर कमिटी गठन गरिएको छ यसैसंगठनमा आवद्ध सदस्यहरुले अब पार्टीक हरेक मोर्चामा आफूलाई दरिलो र तर्कसंवत रुपमा टोल,टोल र बस्तिहरुमा समाजवादको नारा लिएर जान निर्देशन दिए । एकीकृत समाजवादी र समाजवादका विषयमा पशिक्षण कार्यकर्तामा दिएर समाजवाद किन चाहिन्छ भन्ने परिभाषा नागरिकहरु माझँ परामर्श दिनुआजको मुख्य आवश्यकता रहेको तुलाधरले बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी इन्चार्ज राजेन्द्रप्रसाद लोहनी,केन्द्रीय परिषद सदस्य सुर्य बहादुर कडेल,पार्टी अध्यक्ष गोबिन्द नेपाली,केन्द्रीय निवाचन आयोगका सदस्य वसन्त बस्नेत,केन्द्रीय परिषद सदस्य यमकुमार ख्याती,कृष्ण प्रसाद दाहाल केन्द्रीय परिषद सदस्य,प्रदेश कमिटी सदस्य राजु सडौला,पार्टी सचिव पदम उप्रेती ,जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश नेपाल,नेपाल खेलकुद महासंघ समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष उत्तम श्रेष्ठ ,युवासंघ नेपाल नुवाकोटका अध्यक्ष सुरेश अधिकारी,समाजवादी प्रेस संगठन नुवाकोटका अध्यक्ष जमुना गजुरेल लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : २१:१८:३५ , २ वर्ष अगाडि