भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादी दैलेखको अध्यक्षमा नेपाली

दैलेख । कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा नेकपा एकीकृत समाजवादीको जनसंगठन नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को प्रथम अधिवेशन सम्पन्न भएको छ ।

भेलाले भैरव नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा नरेन्द्रबहादुर शाही र रेशम थापा मगर सचिवमा दिपबहादुर चन्द र कोषाध्यक्षमा जय बहादुर कटुवाल रहेका छन ।

शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका प्रदेश कमिटी सदस्य तथा सङ्गठनका केन्द्रीय सदस्य कर्णाली प्रदेश अध्यक्ष खड्ग बहादुर केसी विशेष अतिथि दैलेख जिल्ला कमिटी उपाध्यक्ष जंगबहादुर शाही पार्टी सचिव लगायत भूपूहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सङ्गठनका प्रदेश कमिटी उपाध्यक्ष रत्नबहादुर शाहीले गरेका थिए ।

प्रकाशित मिति: २०२३-०४-०९ , समय : ११:०७:२६ , २ वर्ष अगाडि