युवा नेता भुजेलको पहलमा हट्यो पोखराका बिच सडकको पोल

पोखरा । नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सदस्य तथा युवा नेता विवेक भुजेलको विशेष पहलमा पोखराका सडकको बिचमा रहेको बिजुलीको पोल हटेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २ र १८ को सिमानामा पर्ने ठाउँमा सडक बिच भोगमा भएका पोलहरुको कारण सवारी दुर्घटनाको जोखिम बढेपछि युवा नेता भुजेलको पहलमा त्यस्ता पोलहरु हटाइएका हुन् ।

पोल हटाउन नेपाल विद्युत प्राधिकरणले बजेट अभाव रहेको बताउँदै समय लाग्ने बताउँदै आएको थियो । तर भुजेलले पोखरा महनगर पालिकाका मेयर धनराज आचार्यसँग प्रत्यक्ष प्रस्ताव राखी पोलहरु हटाउने काम भएको भुजेलले बताए ।

यदि पोल नहटाएमा दुर्घटना हुने जोखिम बढि भएको हुनाले महानगर बाट बजेटको ब्यवस्था मिलाएर उक्त बिजुलीको पोल लाई अन्यत्र व्यवस्थापन गरिएको भुजेलले बताए ।

प्रकाशित मिति: २०२३-०४-०९ , समय : १६:१४:३० , २ वर्ष अगाडि