खोटाङ्गको केपिलासगढी गाउँपालिकाले लेटरप्याडमा कोशी चलाएपछि किरायाको विरोध

इटहरी । खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकाले आफ्नो कोशी प्रदेश लेखिएको लेटरप्याड प्रयोगमा ल्याएको भन्दै किराँत राई यायोक्खाले विरोध जनाएको छ ।

चैत्र २२ गते एक विज्ञप्ती सार्वजनिक गर्दै किरायाले फागुन १७ गते भएको कोशी नामांकरणको विरोध भइरहेको अवस्थामा केपिलासगढी गाउँपालिकाको कार्यालय भने भने कोशी प्रदेश नामको लेटरप्याड प्रयोगमा ल्याएको भन्दै बिरोध गरेको हो ।

वेद , उपवेदको समेत चर्चा भएको किराँत सम्प्रदाय, सभ्यता र गौरवशाली इतिहास बोकेको १ नम्बर प्रदेशको वास्तविक पहिचानलाई पछाडि पार्दै प्रदेश नामांकरण भएकोमा विरोध जनगाउँदै पहिचान सहितको नाम प्रदेशले पाउनुपर्ने माग किरायाको छ ।

किरात राई यायोख्याको लेटरहेडमा सार्वजनिक गरिएको विज्ञप्तिमा पहिचानबादी सामाजिक अभियान्ता ,गुरुङ सेवा समाज,तामाङ्ग घेदुङ्ग साथै राई सम्प्रदायका संघ संगठनका प्रतिनिधिको नाम समावेश गरिएको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ०८:२१:४१ , २ वर्ष अगाडि