शिक्षक समाज र व्यवस्था परिवर्तनका संवाहक : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले शिक्षकहरू समाज र सिंगो व्यवस्था परिवर्तनका संवाहक भएको बताएका छन ।

मंगलबार काठमाडौंमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि पथ प्रदर्शकको भूमिका निर्वाह गर्नु पने बताए ।

शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान र्पुयाउन सुझाव दिँदै अध्यक्ष नेपालले अधिकारको विषय उठे पनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको भन्दै त्यस तर्फ सजग र सतर्क हुन आग्रह गरे ।

उनले शिक्षकहरूले नेपाली कम्युनिष्ट आन्दोलनमा विगत र वर्तमानमा खेलेको भूमिकाको प्रशंसा गर्दै शिक्षकहरूको हातमा सिंगो समाज जनता बालकालिका र युवाहरूको भविष्य जोडिएको भन्दै समाजका मूल्य मान्यतालाई कसरी र कता लैजाने भन्ने विषय प्राज्ञिक क्षेत्रसँग जोडिएका पक्षहरूसँग भएको बताए ।

राज्यले प्राविधिक व्यवसायीक र सीपमूलक शिक्षा प्रणालीको व्यवस्था गर्नुपर्ने भन्दै समाजमा विद्यमान छुवाछुत भेदभाव हेला हिंसा जस्ता कुरीति कुसंस्कार जन्य समस्याहरू समाधानको लागि शिक्षकहरुको अहम भूमिका हुनुपर्नेमा जोड दिए ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गगठनका अध्यक्ष भिम बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरिदेव यादवले गरेका थिए ।

प्रकाशित मिति: २०२३-०४-११ , समय : १६:५९:१३ , ३ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित