
काठमाडौं । नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानको दोस्रो राष्ट्रिय भेला वैशाख दोस्रो साता नेपालगञ्जमा हुने भएको छ ।
देश विदेशमा रहेका तिरुवा बन्धुहरुको साझा संस्था प्रतिष्ठानले वैशाख १५ र १६ गते भेला आयोजना गर्न लागेको अध्यक्ष सहवीर तिरुवाले जानकारी दिए । भेलामा तिरुवा थर तथा गोत्रको वंशावली सार्वजनिक गरिनुका साथै भावी योजना समेत बनाइने भेला व्यवस्थापन उपसमितिका संयोजक खेम तिरुवाले बताए ।

प्रतिष्ठानले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ ।
प्रकाशित मिति: २०२३-०४-११ , समय : २१:१७:१४ , २ वर्ष अगाडि