
काठमाडौँ । गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङ लगायतका जिल्लामा महसुस गरिएको थियो ।

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रबिन्दु भएर तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।रासस
प्रकाशित मिति: २०२३-०४-१२ , समय : ०७:३३:४२ , २ वर्ष अगाडि