मलेसियामा सुतेकै स्थानमा नेपालीको मृत्यु

काठमाडौं। सुनसरीको रामधुनीका एक युवकको मलेसियामा सुतेकै अवस्थामा मृत्यु भएको छ । पाँच वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका रामधुनी नगरपालिका-८ का विक्रम आचार्यको आइतबार मृत्यु भएको हो ।

उनी क्वालालाम्पुरमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए । मलेसियाबाट उनका साथी अविरलबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार आचार्यको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

भनेजस्तो काम नभएको कारण कम्पनी परिवर्तन अवैधानिक रुपमा मलेसिया बस्दै आएका आचार्य घर समेत आउन पाएका थिएनन् ।

आचार्य अवैधानिक रुपमा मलेसिया बस्दै आएको हुनाले उनको शव चाँडो नेपाल फर्काउन समस्या हुनसक्ने भएकाले सम्बन्धित पक्षले मलेसियास्थित नेपाली दूतावास र नेपाल सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराएको क्षेत्रीले बताए ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : ०६:३५:३९ , २ वर्ष अगाडि