सिड्नीको खोलामा नेपालीको शव फेला

काठमाडौं । अष्ट्रिलयाको सिड्नीस्थित एक खोलामा एक नेपाली मृत फेला परेका छन् । गोरखा स्थायी घर भएका रुपक थापाको शव खोलामा फेला परेको गैरनेपाली आवासीय संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले जानकारी दिए ।

थापाको शव परिवारलाई पठाउन मृतकका भाइको पहलमा गोफण्ड मि अभियान सुरु गरिएको उनले बताए ।

गो फण्ड मिमार्फत ८ हजार डलर उठाइने  जनाइएको छ । थापा सन् २००९ मा अष्ट्रेलिया पुगेका थिए ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : १३:२८:४६ , २ वर्ष अगाडि