
काठमाडौं । संस्थानहरूको सञ्चित घाटा २१ अर्ब ७९ करोड, बारम्बार समिति बने पनि सुझाव कार्यान्वयन हुँदैनन्
विसं १९९३ मा विराटनगर जुट मिल सञ्चालनबाट सुरु भएको सार्वजनिक संस्थानको यात्रा ०४७ मा आइपुग्दा ६२ वटासम्म पुगेको थियो । तर, ०४९ देखि सरकारले सार्वजनिक संस्थान निजीकरण गर्ने नीति लिएपछि संस्थानको संख्या घट्दै गएर हाल ४४ मा झरेको छ । यसमध्ये ४२ मात्र सञ्चालनमा छन् ।
सञ्चालनमा रहेकामध्ये आव ०७७र७८ सम्म १९ वटा खुद नोक्सानी र २२ वटा खुद नाफामा छन् । त्यसैगरी, निरन्तर सञ्चित नोक्सानीबाट १६ संस्थान गुज्रिरहेका छन् । यसबाहेक जनकपुर चुरोट कारखाना बन्द अवस्थामा छ । त्यसैगरी, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भर्खरै व्यवसाय सुरु गरेका छन् ।

सञ्चित घाटा २१ अर्ब ७८ करोड
अर्थ मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक संस्थानको प्रगति विवरणअनुसार आव ०७७र७८ अनुसार संस्थानहरूको सञ्चित घाटा २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चित नाफा ९सञ्चित घाटा कटाएर० ९१ अर्ब ७७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । संस्थानहरूमा सरकारको कुल लगानी पाँच खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ छ ।
दुग्ध विकास संस्थानः १६ करोड ७१ लाख खुद नोक्सानमा रहेको दुग्ध विकास संस्थानको सञ्चित नोक्सान नै ८७ करोड ६४ लाख छ । सस्थानमा आठ सय ३१ स्थायी र ज्यालादारीमा दुई सय ६० कर्मचारी छन् । ग्रामीण कृषकहरूको उत्पादन दूध खरिद गरी, प्रशोधन गरी सहरी उपभोक्तामा र्पुयाउने उद्देश्यले स्थापना गरिएको डिडिसीमा सरकारको ४४ करोड लगानी छ ।
उदयपुर र हेटौँडा सिमेन्ट उद्योगः निजी क्षेत्रका सिमेन्टको उत्पादन बढिरहेको समयमा सरकारी स्वामित्वका उदयपुर र हेटौँडा सिमेन्ट भने घाटामा छन् । उदयपुर सिमेन्टको खुद नोक्सान ३० करोड ६० लाख र सञ्चित नोक्सान पाँच अर्ब ४४ करोड छ । यो उद्योगमा सरकारको पाँच अर्ब ३७ करोड लगानी भइसकेको छ । त्यस्तै, हेटौँडा सिमेन्ट १७ करोड चार लाख खुद नोक्सानमा छ भने ७८ करोड ८७ लाख सञ्चित नोक्सानीमा छ । उद्योगमा सरकारको एक अर्ब दुई करोड लगानी भइसकेको छ भने सरकारलाई तिर्नुपर्ने ऋण १३ करोड नौ लाख पुगेको छ ।
जनकपुर चुरोट कारखानाः ०६७ देखि यो उद्योग बन्द छ । उद्योगको खुद नोक्सानी ३४ लाख र सञ्चित नोक्सानी दुई अर्ब ९१ करोड पुगेको छ । कारखानाले सरकारलाई तिर्नुपर्ने ऋण दुई अर्ब ९४ करोड ६२ लाख छ ।
नेपाल औषधि लिमिटेडः यो उद्योगको खुद नोक्सान १३ करोड ७४ लाख र सञ्चित नोक्सान एक अर्ब ८४ करोड ५६ लाख छ । यो उद्योगले सरकारलाई तिर्नुपर्ने ऋणको साँवा एक अर्ब २४ करोड १९ लाख र ब्याज रकम पाँच करोड ७५ लाख रुपैयाँ छ ।
नेपाल ओरियन्ट म्याग्नेसाइटः यो संस्थानको खुद नोक्सान १४ करोड ८४ लाख र सञ्चित नोक्सान चार अर्ब ७२ करोड ८८ लाख रुपैयाँ छ । उद्योगले सरकारलाई तिर्नुपर्ने ऋण र साँवा गरी कुल एक अर्ब ४८ करोड ७९ लाख रुपैयाँ नाघेको छ ।
बुटवल धागो कारखानाः बुटवल धागो कारखानाको खुद नोक्सान तीन करोड ५६ लाख रुपैयाँ छ । यो कारखानाको सञ्चित नोक्सानी एक अर्ब ७५ करोड ४७ लाख रुपैयाँ छ । सरकारले यो कारखानालाई खारेज गर्ने निर्णय गरिसकेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीः नेसनल ट्रेडिङ र खाद्य संस्थान गाभेर बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खुद नोक्सान पाँच करोड ३५ लाख रुपैयाँ छ । दुर्गममा खाद्यान्न र्पुयाउने यो संस्थानको सञ्चित नोक्सान एक अर्ब ३५ लाख छ ।
नेपाल वायुसेवा निगमः नेपाल वायुसेवा निगमको सबैभन्दा बढी खुद नोक्सान तीन अर्ब ६६ करोड ३० लाख रुपैयाँ छ । त्यस्तै, सञ्चित नोक्सान १२ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ छ । यसले सरकारलाई तिर्नुपर्ने ऋणको साँवा रकम नै तीन अर्ब ४९ करोड ३६ लाख रुपैयाँ छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ऋण ३५ अर्ब छ ।
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रः राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको खुद नोक्सान दुई करोड ८५ लाख र सञ्चित नोक्सान १० करोड ६१ लाख छ । मुलुकको औद्योगिकीकरण र उत्पादकत्व अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यअनुसार काम नहुँदा सरकारलाई तिर्नुपर्ने ऋण नै नौ करोड २९ लाख छ ।
नेपाल पूर्वाधार कम्पनीः सरकारले पछिल्लोपटक खोलेको ‘कान्छो संस्थान’ नेपाल पूर्वाधार कम्पनी नै घाटामा छ । यसको खुद नोक्सान ५४ लाख र सञ्चित नोक्सान ६३ लाख रुपैयाँ छ ।
नेपाल रेलवे कम्पनीः नेपाल रेलवे कम्पनीको खुद नोक्सान एक करोड ६५ लाख र सञ्चित नोक्सान २७ करोड १४ लाख छ । कम्पनीको खुद सम्पत्ति ११ करोड ५२ लाख ऋणात्मक छ । सरकारलाई तिर्नुपर्ने ऋणको दायित्व पनि ४० करोड ६९ लाख रुपैयाँ छ ।
सांस्कृतिक संस्थानः संस्थानको खुद नोक्सान दुई करोड ४१ लाख र सञ्चित नोक्सान २४ करोड ४९ लाख रुपैयाँ छ । संस्थानको खुद सम्पत्ति २३ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ । यसले सरकारलाई तिर्नुपर्ने साँवा रकम २३ करोड ७५ लाख रुपैयाँ र ब्याज रकम ९५ लाख रुपैयाँ छ ।
गोरखापत्रः देशकै जेठो अखबार गोरखापत्र संस्थान आठ करोड ६ लाख रुपैयाँ खुद नोक्सानमा छ । त्यस्तै, सञ्चित नोक्सानी पाँच करोड ३५ लाख रुपैयाँ छ । गोरखापत्रले सरकारलाई तिर्नुपर्ने साँवा ६ करोड २० लाख र ब्याज ३३ लाख छ ।
नेपाल टेलिभिजनः नेपाल टेलिभिजनको खुद नोक्सान १९ करोड नौ लाख र सञ्चित नोक्सान एक अर्ब ९२ करोड ५९ लाख रुपैयाँ छ । यसले सरकारलाई तिर्नुपर्ने ऋणको साँवा रकम २३ करोड बक्यौता छ भने ६२ लाख ९० हजार ब्याज रकम बुझाउनुपर्ने छ ।
नेपाल खानेपानी संस्थानः खानेपानी संस्थानको खुद नोक्सान ३६ करोड ३७ लाख र सञ्चित नोक्सान दुई अर्ब पाँच करोड ६२ लाख रुपैयाँ छ । यसले सरकारलाई तिर्नुपर्ने साँवा १० अर्ब ४२ करोड छ भने ब्याज रकम ४१ करोड छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको १४ करोड २७ लाख तिर्न सकेको छैन ।
वन निगमः एउटै प्रकृतिका द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई गाभेर ०७६ जेठमा ‘नेपाल वन निगम’ बनाइएको छ । यो संस्थान ९६ लाख रुपैयाँ खुद घाटामा छ ।
नेपाल आयल निगमः नेपाल आयल निगम ४३ करोड दुई लाख रुपैयाँ खुद घाटामा छ । देशमा पेट्रोलियम पदार्थको आयात, बिक्री–वितरण तथा भण्डारणमा एकाधिकार रहेको यो संस्थानको खुद सम्पत्ति ३० अर्ब आठ करोड २९ लाख रुपैयाँ छ । यसमा सरकारको १० अर्ब ९४ करोड सात लाख रुपैयाँ लगानी छ ।
धौबादी फलाम कम्पनीः धौबादी फलाम कम्पनी पाँच लाख रुपैयाँ घाटामा छ । यो कम्पनीको खुद सम्पत्ति २५ करोड ६४ लाख रुपैयाँ छ । फलाम उत्पादन गर्न धाउ उत्खनन गर्ने उद्देश्य रहेको यो कम्पनीको हालसम्म काम हुन सकेको छैन । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : ०७:०२:१५ , २ वर्ष अगाडि