
इटहरी । शुद्ध आत्माले मानवसेवा गरियो भने त्यसको फल सोही अनुसार नै आउछ भन्ने कुरा राम्रोसँग बुझेका सामजिक कार्यमा समेत क्रियाशिल अभियान्ता समेत रहेका इटहरीका युवा व्यवसायी टंक दाहाल भ्रमणले आइतबार निः शुल्क जौको सातु , मोही र फलफुल वितरण गरेका छन् । आइतबार बिहानै देखि शुरु गरिएको निः शुल्क वितरण कार्य आपँगाछी चोकमा दिनभर चलेको थियो ।
नास हुन लागेको परम्परागत पर्वको रुपमा हेरिएको अक्षय तृतीयाको अवसरमा इटहरी २ आपँगाछीका युवा व्यवसायी भ्रमणले लोप हुन लागेका परम्परालाई संरक्षण गर्ने हिसावले कुनै समय इटहरीमा नेपालमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता गरिसकेका दाहालले पहिलो पटक अक्षय तृतीयाको अवसरमा जौको सातु तथा मोही बाँड्ने कार्यक्रम गरेको बताए ।

टंकको अभियानमा दाहाल प्रतिष्ठान इटहरीले स्यवम्सेवकको रुपमा सहयोग गरेको थियो भने संस्कार तथा संस्कृतीलाई लोप हुन नदिनका लागि आफुले यस्तो कार्यक्रम गरेको दाहालले बताए । दिनभरमा २५ सय बढीले जौ को सातु र मोही ग्रहण गरेको दाहालले बताए ।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : २२:३७:०२ , २ वर्ष अगाडि