
इटहरी । जीवन विज्ञान कोशी प्रदेश संयोजक समेत रहेकी बालिका नागरिक समाज इटहरीको अध्यक्ष भएकी छन् । नागरिक समाज इटहरीको आइतबार भएको सभाले खड्कालाई निर्विरोध अध्यक्षमा चयन गरको हो ।
यो सँगै नागरिक समाजको अध्यक्ष जस्तो पदमा पुगेर नेतृत्वको अवसर पाउने पहिलो महिला समेत बन्न सफल भएकी छन् ।

इटहरी लेडिज जेसिज लगायतका थुप्रै सामाजिक संघ संस्था रहेर सामाजिक कार्यको अनुभव समालिसकेकी खड्का इन्टरनेट सहित नेटटिभीकी सञ्चाल समेत हुन ।
यसअघि राजु केसी समाजको अध्यक्ष थिए । समाजको वरिष्ठ उपाध्यक्षमा आर के राई, उपाध्यक्षमा दोर्ण बहादुर न्यौपाने र भोला काजी बस्नेत चयन भएका छन् ।
नागरिक समाज इटहरीको महासचिवमा गंगा आचार्य घिमिरे चयन भएकी छन भने सचिवमा सुरेन्द्र तामाङ चयन भएका छन् । समाजको सह सचिवमा लक्ष्मी थेवे र सदस्यहरुमा अनन्त विष्ट, तेजु दाहाल, डिल्लि प्रसाद भटराई, शिव भट्ट राजलवट, धनकुमारी जिमी, उर्मिला कट्वाल, सु्मित अधिकारी, पुन्य प्रभा गुरागाई, राजेन्द्र बास्तोला, प्रदिप कुमार रेग्मी, सचिन पोखरेल , हिमाल दाहाल, विनोद देवान , राम खड्का र राम प्रसाद लामा चयन भएका छन् । संस्थाले विभिन्न नागरिक सरोकारको विषयमा बहस तथा कार्यक्रम गर्दै आएको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : ०८:४०:१९ , २ वर्ष अगाडि