
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव, सांसद पृथ्वीसुब्बा गुरुङले जिल्ला समन्वय समितिहरूलाई खारेज गर्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा आगामी वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा बोल्दै जिल्ला समन्वय समितिहरूलाई खारेज गरी फजुल खर्च घटाउनुपर्ने बताएका हुन् ।मन्त्रालयहरूको संख्या घटाएर खर्च कटौती गर्नु पर्ने समेत उनको भनाई छ ।

उनले भने ‘प्रदेशमा ७/८ वटा मन्त्रालय भए पुग्छ, संघमा १२/१५ वटा मन्त्रालय बनाए बनाउँ । यसो गरियो भने हाम्रो फजुल खर्च घट्छ । जिल्ला समन्वय समितिको काम छैन, ती खारेज गरौँ । कम्तीमा १५ सय कर्मचारी यता आउँछन् । त्यसले गर्दा कम्तीमा ७७ वटा कार्यालयहरू घट्छन् । यसले हाम्रो फजुल खर्च घटाउँछ,। ’
उनले पुँजीगत खर्च बढाउन आवश्यक नीति अपनाउनुपर्ने बताउँदै मुलुकको अर्थतन्त्र किनारामा पुगेको भन्दै माथि उकास्ने गरी सरकारले आवश्यक नीति र योजनाहरु बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रकाशित मिति: २०२३-०५-१० , समय : १५:२४:३४ , २ वर्ष अगाडि