तस्वीरमा हेनुहोस्, इटहरीमा भोलीबाट सोल्टीको व्यवस्थापनमा सञ्चालनमा आउने पाँचतारे होटल

इटहरी । सोल्टी होटल लिमिटेडअन्तर्गत दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ नाम दिइएको यस होटललाई काठमाण्डौको तारे होटल सोल्टि ब्राण्डले सञ्चालन गर्न लागेको हो ।

भोली जेठ ३ गतेबाट संचालनमा आउने यो होटलमा ८० वटा विभिन्न ४ क्याटागोरीका रुमहरु रहेका छन् ।   सोल्टिको आफ्नै व्यवस्थापनमा संचालन हुने चितवनको पटीहानीपछिको यो दोस्रो होटल हुनेछ।  सोल्टिले काठमाण्डौ पछि चितवन , नेपालगन्ज र इटहरीमा ब्राण्ड होटल चलाईरहेको छ ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : २१:५४:४० , २ वर्ष अगाडि