स्वर्गद्वारीमा कार दुर्घटना, आठ जनाको मृत्यु

प्युठान । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी ८ जनाको मृत्यु गएको छ ।

सोमबार दिउँसो स्वर्गद्वारी भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्बरको जीप दुर्घटना हुँदा कारमा सवार सबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुवास खडकाका अनुसार दुर्घटनामा परेका व्यक्तिहरूमध्ये चालकको मात्र पहिचान भएको छ । चालक लमही नगरपालिका ४ का तारा बहादुर कुमाल रहेका छन् ।

कार सडकको माथिल्लो घुम्तीबाट पल्टिएर तल्लो घुम्तीमा पुगेको थियो । यात्रुहरू सबै कारमा च्यापिएका थिए ।

प्रकाशित मिति: २०२३-०६-१२ , समय : १९:१४:१३ , २ वर्ष अगाडि