
इटहरी । इटहरीको तरहरा नजिक पानीपियामा सोमबार धरान उपमहानगरपालिकाले पुनः सिमा प्रारम्भ लेखिएको बोर्ड राखेपछि दुई पालिकाको सिमा विवाद फेरी शुरु भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा धरानका नगरप्रहरीले पानीपियामा बोर्ड राखे लगत्तै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको निर्देशनमा इटहरीका नगरप्रहरीले सो स्थानबाट हटाई दिएका छन् ।

धरानको आधिकारीक सिमान पानीपिया नै भएकाले आफुले वोर्ड राख्न लगाएको मेयर साम्पाङले बताए । पहिला पनि सोही स्थानमा बोर्ड राख्दा इटहरीले हटाएपछि विवाद भएको र विवाद मिलाउनका लागि आफुले नगर प्रमुखको हैसियतले जिल्ला समन्वय समिती सुनसरीलाई सिमाना विवाद मिलाउन आग्रह गरेपनि वास्ता नगरेपछि आफुले सो स्थानमा वोर्ड राख्न लगाएको मेयर साम्पाङको भनाई छ ।
इटहरी उपमहानगरपालिकाले भने धरानका मेयरले सिमानाको टुंगो लगानउने ब्यबस्था नभएको बताएको छ । मेयर हेमकर्ण पौडेलले इटहरीले ले भोगचलन गरिरहेको सिमाक्षेत्रमा कसैले दावी गर्दैमा उसको नहुने बताएका छन् । सिमा विबादका विषयमा यस अघि नै बसेर छलफल गर्न अनुरोध गरेको पनि उनले बताएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले इटहरी त्यसरी बोर्ड हटाउन नमिल्ने दावी गर्दै फेरी नगरप्रहरी पठाएर सोही स्थानमा सिमा आरम्भको बोर्ड राखि छाड्ने बताए ।
प्रकाशित मिति: २०२३-०७-०३ , समय : १७:१४:३० , २ वर्ष अगाडि