भौतिक मन्त्री ज्वालाद्वारा नेपाल इन्जिनियरिङ परिषदको भवन उदघाटन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेपाल इन्जिनियरिङ्ग परिषदको नवनिर्मित भवन उदघाटन गरेका छन । नेपाल इन्जिनियरिङ्ग परिषदको ५० प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत लगानिमा २० आना जग्गामा सो भवन निर्माण भएको हो।

काठमाडौंको मिनभवनमा करिव ११ करोड लगानिमा सो अत्याधुनिक भवन निर्माण गरिएको हो। सो भवन निर्माणका लागि नेपाल इन्जिनियरिङ्ग परिषदले ५० प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत बजेट लगानी गरेका हुन ।

सो भवन उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले समृद्ध नेपाल निर्माण अभियानमा इन्जिनियरहरुको बिशेष भुमिका रहने बताउदै सबै प्राबिधिक इन्जिनियरहरुलाई जिम्मेवारीपूर्वक आफ्नो काममा लाग्न आग्रह समेत गरे। साथै उनले दक्ष जनशक्ति बिदेश पलायन भैरहेकोले आफुले यसलाई रोक्ने काम गरिरहेको बताए ।

सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई तथा मन्त्रालयका सचिव केशव कुमार शर्माले आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति: २०२३-०७-०७ , समय : १९:३७:०७ , २ वर्ष अगाडि