सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८०० पुगेको छ ।

बिहीबार १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको पनि मूल्य बढेको छ । चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२५-०१-३१ , समय : १४:४९:४६ , ४ महिना अगाडि