सरकारले छ महिनाको अवधिमा गरेका काम राम्रा छन् : देउवा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको दाबी गरेका छन् । शुक्रबार सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त नहुने बताए ।

‘सरकार सकारात्मक रुपले अघि बढेको छ । आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले भने, ‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न ६ महिनाको समय पर्याप्त हुँदैन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभव र अनुभूति गरेको छु ।’

साथै, उनले नेकपा एमाले र कांग्रेसबीच भएका ७ बुँदे कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।

प्रकाशित मिति: २०२५-०१-३१ , समय : १५:०९:१२ , ४ महिना अगाडि