
धरान । प्रविधिलाई अगाडि बढाए देश अगाडि बढ्ने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन ।
सुक्रबार पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छैटौँ संस्करण डेल्टा ५।० महोत्सवको उदघाटन पछि आफ्नो मन्तब्य राख्दै भण्डारीले यस्तो बताएकी हुन । इतिहासमा नेपाल प्रविधिमा अगाडि रहेको पुष्टि सय वर्ष पहिले बनिएका ढुङ्गे धाराहरुबाट समेत हुने उनले बताइन। समय सँगै हाम्रो सिपलाई प्रविधिसँग जोड्न नसक्दा आज कृषि र बनका साढे तिन खर्बका सामाग्रीहरु बाहिरी देशबाट भित्रिरहेको उनको भनाई थियो ।

महोत्सवबाट प्राविधिक ईन्जिनियरका विविध विधाका विद्यार्थीहरुको सिर्जना, प्रतिभाको उजागर हुने भएकाले यसबाट व्यवस्थापन अभिवृद्धिमा महत्वपूर्ण भमिका रहने पुर्व राष्ट्रपति भण्डारीका् भनाइ छ ।
यो महोत्सव इन्जिनियरिङ संकायका विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो तथा प्रतिष्ठित कार्यक्रम रहेकाले ‘कृषि, प्रविधि र नवप्रवर्तन’ लाई मुख्य विषय बनाइएको क्याम्पस प्रमुख ईन्जिनियर काजिराम कार्कीले बताए । कृत्रिम बुद्धिमत्ता र स्वचालन, डिजिटल अर्थतन्त्र, स्मार्ट सिटीका लागि इन्जिनियरिङ र विश्वव्यापी समाधानका लागि इन्जिनियरिङ जस्ता उपविषयहरू समावेश गरिएको कार्कीको भनाइ छ ।
प्रकाशित मिति: २०२५-०२-०१ , समय : ०६:४३:४४ , ४ महिना अगाडि