कर्मचारीको सेवा सुविधा घटाउने कार्यसुचि आएपछि एमालेका जनप्रतिनिधिद्धारा इटहरी उपमहानगरको नगरसभा बहिस्कार

इटहरी । इटहरी उपमहानगरपालिकाको फागुन २७ गते शुरु भएको नगरसभाको  समापन कार्यक्रम कर्मचारीको सेवा सुविधा सम्बन्धि केहि सेवा सुविधा घटाउने कार्यसुचि आएपछि बहिष्कार गरिएको छ ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेपछि समापनको कार्यसुचिमा रहेको नगरसभा शुक्रबार स्थगित भएको हो  ।

दिँउसो १२ बजे लायन्स भवनमा आयोजना गर्ने भनिएको नगरसभा बहुमत नगर सदस्य रहेको नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले बहिस्कार गरेपछि स्थगित भएको हो ।

नगरसभा स्थगित भएपनि नगरप्रमुख हेमकर्ण पौडेलले महालेखा परिक्षकको प्रतिवेदनले सार्वजनिक गरेको लेखा परिक्षण प्रतिवेदन अनुरुप १ अर्व भन्दा बढी बेरुजु भएको अवस्थामा बेरुजु हटाउने भन्दै कर्मचारीको खाजा भत्ता तथा पेट्रोल सुविधा र करार कर्मचारी सम्बन्धि ऐन संसोधन गर्ने कार्यसुचि नगरसभामा पेश हुने भएपछि नेकपा एमाले सम्बद्ध कार्यपालिका सदस्य तथा जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेको  मेयर पौडेलले बताएका छन् ।

ऐन बिनै करार कर्मचारीका लागि इटहरी सरकारले प्रदान गर्दै आएको संचयकोष सुविधा लगायतका केहि अतिरिक्त सुविधा कटौतीगर्ने कार्यसुचि पछि एमाले निकट जनप्रतिनिधिले छलफलनै नगरी नगरसभा बहिष्कार गरेको बुझिएको छ ।

नगरबासीहरु बिभिन्न समस्यामा जुधिरहेको बेला पाँच ६  करोड बराबरको सेवा सुविधा कटौती गर्ने कार्यसुचिमा छलफल गर्ने कार्यसुचिलाई बेवास्ता गर्नु जनप्रतिनिधिको गैह्रजिम्मेवारी पन भएको मेयर पौडेलको भनाई छ ।

जनप्रतिनिधिहरु मेलमिलापका पक्षमा भएता पनि नेकपा एमालेको नेतृत्वले दवाव दिएर बैठकमा नजान उर्दी जारि गरेको मेयर पौडेलले आरोप लगाएका छन् ।

नगरसभा नै बहिस्कार गर्नु लोकतान्त्रिक मुल्य मान्यता बिपरत भएको भन्दै मेयर पौडेलले आफु पनि दलबाटै प्रतिनिधित्व गरेर आएता पनि आफु छलफल र मेलमिलापको पक्षमा रहेको बताएका छन् ।

जुन जनादेश मार्फत आफु आएको भएता पनि नगरसभा नै बहिस्कार गर्दा काम गर्न गाह्रो भएको बहुमतको दम्भ देखाउने काम भएको भन्दै मेयर पौडेलले त्यसमा दुःख व्यक्त गरेका छन् ।

जसले गनुपर्ने काम समयमा गर्दैन त्यो त्यो कर्मचारीको पक्षमा आफु रहेको बताउँदै कार्यविधि बेगर अनावश्यक सेवा सुविधा घटाउने पक्षमा लाग्नुपर्ने र अतिरित्त सेवा सुविधा नकाटी आफुलाई मात्रै कसरी लाभ हुन्छ भनेर गएदेखि शहरमा संकट आउने तर्फ मेयर पौडेल लक्षित थिए ।

गतिलिएको नेतृत्वलाई आत्मवल घटाउने काम हुनु दुःखद भएको भन्दै नगरप्रमुखले पार्टीको उर्दी आएको भन्ने कुरा स्पष्ट रुपमा आफुमा जानकारी आएको बताएका छन् ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : ०८:४२:१५ , २ वर्ष अगाडि