मानव खप्पर र नलीखुट्टासहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । ३८ थान मानव खप्पर र १० थान नली खुट्टाको हड्डी सहित प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।
सीमा क्षेत्रमा खटिएको शसस्त्र प्रहरी टोलीले बिहान ७ बजेटर ४९ मिनेट जाँदा भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो ।

सीमामा खटेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : १४:४७:३० , ४ महिना अगाडि