
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ चिसापानीका धनपति प्रसाईँलाई जिउँदै आगोमा जलाउन युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चार ।जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने चार जना सोही ठाउँका हुन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक प्रमोद खडकाका अनुसार पक्राउ पर्नेमा गंगाबहादुर जिमदार, धनबहादुर तामाङ, अशोक तामाङ र बस्न्त तामाङ रहेका छन् । घटना बिहीबार साँझ ७ बजे तिर भएको हो ।

प्रसाईँ र पक्राउ पर्नेबीच भने कुनै दुश्मनी नदेखिएको प्रहरीले जनाएको छ । ‘चारै जनाले मादक पदार्थ (मापसे) सेवन गरेका रहेछन् । साँझमा खोल्सा छेउमा उनीहरूको जम्काभेट भएको रहेछ,’ उनले भने, ‘भनाभन हुँदा उनीहरूले झिक्रामा आगो लगाएर त्यहाँ धकेलिदिएका रहेछन् ।’
प्रहरीका अनुसार आगोमा घचेट्नु अगाडि उनीहरूले कुटपिटसमेत गरेका थिए । कुटपिटपछि आवेगमा आएर मार्ने उद्देश्यले नै आगोमा हाले पनि प्रसाईँ भागेर बाँचेको प्रहरी निरीक्षक खड्काले बताए ।
आगोले पोलेर धनबहादुरको कानमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-०२ , समय : १५:१३:२० , ४ महिना अगाडि