महोत्तरीको गौशालामा एक युवतीको हत्या

महोत्तरी । महोत्तरीको गौशाला शिवभक्तिखोरमा एक युवतीको बीभत्स हत्या भएको छ ।

गौशाला नगरपालिका ८ का अभिषेक यादवकी २१ वर्षीय श्रीमती खुश्बु कुमारी यादवको गए राति हत्या भएको हो ।

प्रहरीका अनुसार पारिवारिक विवादका कारण खुश्बुको हत्या गरिएको जनाएको छ । हत्यापश्चात् अभिषेक यादव लगायत उनका घरपरिवार फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवाले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : १५:१८:४६ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्