अण्डाको मूल्य बढ्यो

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो। मंगलबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

अण्डा उत्पादकहरू बैठकले आजबाट मूल्य बढाउने निर्णय गरेको पोखरेलले बताए । बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।

अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। आजबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ। यो किसानले पाउने मूल्य हो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्तालाई अण्डा प्रतिगोटा भने २० रूपैयाँ पर्ने उनले जानकारी दिए।

प्रकाशित मिति: २०२५-०२-०४ , समय : ०६:३४:१४ , ४ महिना अगाडि