विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा जरुरी : गोपालमान श्रेष्ठ

काठमाडौं । पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक रहेको बताएका छन् ।

इकेडा विद्यालयले श्रीपञ्चमीको अवसरमा सोमबार गरेको सरस्वती पूजा कार्यक्रममा बोल्दै उनले बालबालिकाका लागि प्रथम गुरु बुबाआमा हुने हुँदा बालबच्चालाई घरबाटै व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए ।

विद्यालयकी संस्थापक प्रधानाध्यापक मोहना मोथे खनालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरु सधैं लागिपरेको बताइन् ।

कार्यक्रममा इकेडा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले आ–आफ्ना कला पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : १२:५६:४४ , ४ महिना अगाडि