एक सय एक किलो गाँजा सहितको कार प्रहरी नियन्त्रणमा

धरान । बुधबार बिहान प्रहरीले धरान १७ बिष्णुपादुका जाने सर्दु खोला पुलको भित्री सडक खण्डमा लागूऔषध गाँजा सहित क्रिम कलरको कार नियन्त्रणमा लिएको छ ।

लागूऔषध गाँजा लिएर कार गईरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले एक सय एक किलो गाँजा सहित  बा ९ च १७६८ नम्वरको क्रिम कलरको कार निययन्त्रणमा लिएको हो ।

कार चालक भने प्रहरी आउनुअघि नै फरार भएको बताइएको छ । गाँजा सहितको सो कार इलाका प्रहरी कार्यालय धरान ल्याइएको छ । फरार सवारी चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-०५ , समय : १५:०३:०५ , ४ महिना अगाडि