देवानगञ्जबाट गाँजा सहित भारतीय स्कोरपियो नियन्त्रणमा

इटहरी । तीन सय ५० केजी गाजासहित सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट प्रहरीले भारतीय स्कोरपियो नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय एचआर ७० ई ९५०२ नम्बर प्लेटको स्कारपियोमा तीन सय ५० केजी गाँजा बिहीबार विहान सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।

गाजा ओसारपसारका लागि प्रयोग गरिएको स्कोरपियो चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने प्रयास गरेकाले त्यस क्रममा चिमडी श्री मावि अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित हुन पुगेको थियो । त्यसमा शंका लागेर प्रहरीले निगरानी सहित पच्छउाने क्रममा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका असुनार उक्त स्कारपियोमाथी शंका लागेपछि इलाका प्रहरी कार्यालय चसमडीले गाडीलाई पछ्याउँदा करिब ३ किलोमिटर पर मात्रै नियन्त्रणमा लिएको थियो । गाडी खाल्डोमा पुगेपछि गाँजा तस्करहरू भाग्न सफल भएको सुनसरी प्रहरीको भनाई छ । अनुसन्धानका क्रममा प्रहरीले एउटा बजाजको टु–ट्वाइन्टी मोटरसाइकल पनि बरामद गरेको छ, जसलाई स्कटिङका लागि प्रयोग गरिँदै आएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : १२:५६:४९ , ४ महिना अगाडि