मनास्लु क्षेत्रमा दस हजार पर्यटकले गरे भ्रमण

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार साउनदेखि पुस मसान्तसम्म सम्म ६ महिनाको अवधिमा १० हजार ६ सय ९ जनाले मनास्लु क्षेत्र भ्रमण गरेका हुन् ।

सन् २०२३ को ६ महिनाको अवधिमा नौ हजार १७७ जना विदेशी पुगेको सो क्षेत्रमा सन् २०२४ मा दस हजार ६ सय ९ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। अहिले सम्मकै मनासलु क्षेत्र भ्रमण गर्ने हालसम्मकै ठुलो पर्यटकको सङ्ख्या भएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष सेरचनले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : २०:०९:५५ , ४ महिना अगाडि