राहदानी वितरण बन्द, विभागले भन्यो- सिस्टममा समस्या आयो

काठमाडौं । सिस्टममा समस्या आएको भन्दै राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले बताइन् ।

विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले जानकारी दिइन् ।

विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि आग्रह गरेको छ । तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बायोमेट्रिक भने संकलन हुने विभागले बताएको छ ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : २१:५५:५६ , २ वर्ष अगाडि