बिजुलीको पोल लागेर मंगलेको मृत्यु

काठमाडौं । झापाको मेचीनगरमा रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ । आइतवार विहान साढे १० बजेको समयमा चिया बगानमा रहेको रुख काटने क्रममा रुखले बिजुलीको पोललाई ठक्कर दिइ घाइते बनेको मेचीनगर ५ का ५८ बर्षिय मंगले सार्कीलाई टाउकोमा चोट लागेको थियो ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा विहान ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले रुख काट्ने सोही स्थानका २६ वर्षीय सिताराम उराउ र २३ वर्षीय सिलास उराउलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-०९ , समय : १७:४६:१९ , ३ महिना अगाडि