इटहरीमा उज्यालो अभियानः तीन करोड रुपैयाँ लगानीमा सडक बत्ति जडान

सुनसरी । इटहरी उपमहानगरपालिकाले ‘हाम्रो उज्यालो इटहरी’ अभियानअन्तर्गत नगरका विभिन्न स्थानमा १४ वटा नयाँ सडक बत्ती जडान गरेको छ ।

नगर क्षेत्रको सौन्दर्य वृद्धि गर्दै रातको समयमा पैदल यात्रु र सवारीसाधनलाई सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित बत्ती जडान गरिएको हो ।

नगरका खनार, हलगडा, आपगाछि, वुढिगंङ्गा, जन्तावस्तिलगायत विभिन्न चोक, मुख्य सडक र अँध्यारा क्षेत्रमा बत्ती जडान गरिएका छन् ।

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख पौड्लले स्थानीय सरकारको पहलमा सम्पन्न यो कार्यले इटहरीलाई झन् सुरक्षित र व्यवस्थित बनाउने बताउँदै ‘हाम्रो उज्यालो इटहरी’ अभियानअन्तर्गत नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन निरन्तर प्रयास भइरहेको बताए ।

आगामी दिनमा पनि थप स्थानमा बत्ती जडान गर्दै नगरवासीलाई सुरक्षित वातावरण प्रदान गरिने उनले बताए ।

स्थानीय बासिन्दाले पनि नगरपालिकाको यो कदमको स्वागत गरेका छन् । बत्ती जडानसँगै अब रातको समयमा आवागमन सहज हुने र आपराधिक क्रियाकलाप न्यूनीकरणमा समेत सहयोग पुग्ने आशा गरिएको छ ।

१२ मिटरको १३ वटा पोल वत्तिको प्रति गोटा जडानसहित करिब ८ लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिका विद्युत शाखा प्रमुख उमेश चौधरीले जानकारी दिए ।

यससँगै अन्य सड्क पोल बत्ति समेत मर्मत तथा नयाँ जडान गरिएको उनले बताए। यसमा उपमहानगरपालिकाको करिव ३ करोड ४ लाख रुपैया खर्च भएको विद्युत शाखा प्रमुख चौधरीले जानकारी दिए। नगरपालिकाले आगामी दिनमा पनि अन्य अँध्यारा क्षेत्रमा सडक बत्ती विस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-१४ , समय : ११:४७:५३ , ३ महिना अगाडि