
काभ्रे । असोज महिनाको दोस्रो सातामा आएको बढीले सङ्घीय राजधानी काठमाडौँलाई तराइसँग जोडेने छोटो दुरीको बिपी राजमार्ग अन्तरगत भकुण्डे–नेपालथोक सडकखण्डको १० किलो मिटरभन्दा बढी सडक भत्काएको छ ।
भत्किएको सडकका केही स्थानमा अहिले मर्मत कार्य भइरहेको छ । वर्षाको समयमा पनि राजमार्गमा सवारी सञ्चालन गर्नको लागि सडक डिभिजन कार्यालय भक्तपुरले अहिले राजमार्गको विभिन्न स्थानमा मर्मतको काम गरिरहेको छ ।

कार्यालयले एक साताअघि राजमार्गको दुई स्थानमा मर्मतको काम गरिरहेको कार्यालयका ईन्जिनियर दुर्गा प्रसादले बताए । अहिले राजमार्गको बोक्सीकुना र चिउरीबासझाङमा रोशी खोलाको धार परिवर्तन गर्ने, खोलालाई गहिरो बनाउने, अहिले चलिरहेको अस्थाई डाइभर्सनको हाइट बनाउने काम भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार, वर्षा सुरु हुनु अघि राजमार्गका १४ वटा स्थानमा मर्मतको काम सम्पन्न गरिनेछ । अहिले राजमार्गको मर्मतको कामका लागि ८ वटा डोजर परिचालन गरेर कामलाई तिब्र बनाइएको उनको भनाई छ ।
प्रकाशित मिति: २०२५-०२-१८ , समय : ११:५३:४९ , ३ महिना अगाडि