नेपाल संस्कृत विश्वविद्यालयको नौ सय १० बिगाहा जग्गा अतिक्रमण

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको नौ सय १० बिगाहा जग्गा अतिक्रमण गरिएको पाइएको छ ।

संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले समितिले दाङमा रहेको विश्वविद्यालयको कूल एक हजार छ सय ६२ बिगाहा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिगाहामध्ये नौ सय १० बिगाहा अतिक्रमण गरिएको तथ्य बाहिर ल्याएको हो ।

जग्गा खोजबिन समितिले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरुको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुुपर्ने कदमका विषयमा सुुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुुझाएका हुन ।

प्रकाशित मिति: २०२५-०२-१८ , समय : २०:०८:१२ , ३ महिना अगाडि