
काठमाडौं । गायक यम बरालले आफ्नो चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित फिल्म निर्माण गर्ने भएका छन् । सोही गीतको स्थायी शब्द ‘तिमीलाई सम्झिंदा’ फिल्मको नाम हुनेछ ।
सांगीतिक प्रेमकथाको विषयवस्तु रहने बताइएको यो फिल्ममा यमले गायकको भूमिकामा अभिनय समेत गर्नेछन् ।
केही समयपछि पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिने फिल्मको शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन् । निर्देशक र कलाकार तय हुन बाँकी रहेको गायक बरालले बताए ।

फिल्ममा तीन गीत समावेश हुने र दर्शकले यो फिल्ममा ‘बादलुको घुम्टोले’लाई नयाँ संस्करणमा सुन्न सक्ने यमले बताए । फिल्म इलाम, झापा र मुलुकका अन्य पर्यटकीय थलोमा छायांकन गर्ने तयारी छ ।
प्रकाशित मिति: २०२३-०१-०३ , समय : २२:१२:१९ , २ वर्ष अगाडि