चित्रकला र सङ्गीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र सङ्गीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन ।

बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन । उनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाइबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए ।

प्रमुख साहले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा सहयोग पुर्‍याउने जानकारी दिए । उनले महानगरका प्रथम प्रमुख प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको बताए । उनले प्रथम प्रमुख सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको उल्लेख गरे ।

प्रकाशित मिति: २०२५-०२-१९ , समय : १४:५१:४६ , ३ महिना अगाडि