
फुङलिङ । ताप्लेजुङको काफ्लेपाटीमा नो केबलकार समूहले जिपमाथि तोडफोड गरेर चालकलाई कुटपिट गरेको छ। प्रहरी र आन्दोलनरत पक्षबिच झडप हुँदा घाइते भएकाको उद्धारका लागि पुगेका रेडक्रसकर्मी चढेको गाडी तोडफोड गरेका छन्।
गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार झडपमा १३ जना घाइते भएका छन्।

सशस्त्र प्रहरीतर्फका ११ जना, आन्दोलनरत पक्षका १ जना र कुटपिटबाट चालक घाइते भएको प्रनाउ शर्माले बताए।
शान्तिपूर्ण पदयात्रा गर्ने भनिए पनि झडपको स्थिति सिर्जना भएको छ। झपडको स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनरत पक्षका कार्यकर्ता निर्माणस्थलसम्म प्रवेश गर्न खोजेपछि झडप सुरु भएको हो।
प्रकाशित मिति: २०२५-०२-२१ , समय : ०६:०९:४२ , ३ महिना अगाडि