फागुन १५ देखि उर्लाबारी महोत्सव

उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघले फागुन १५ गतेदेखि उर्लाबारी कृषि औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को आयोजना गर्ने भएको छ ।

महोत्सवस्थल उर्लाबारी –४ मा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवका विषयमा जानकारी गराएको हो । महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईका अनुसार औद्योगिक, कृषि, अट्टोमोवाइल्स, घरेलु उत्पादनका १३५ वटा स्टल रहने छन् ।

उर्लाबारीको सौन्दर्यकरणसँगै आगो निभाउने रिफिल ब्यवस्थापनका लागि खर्च ब्यवस्थापन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सव तीन लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

१५ करोडको ब्यापार हुने र २० लाख आम्दानी गर्ने महत्वकांक्षी लक्ष्यसाथ सुरु हुन लागेको महोत्सवका एघारै हरेक साँझ साङ्गितिक कार्यक्रम आयोजना हुनेछ । झण्डै ८० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको महोत्सवको उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने छन । ।

प्रकाशित मिति: २०२५-०२-२६ , समय : १२:२८:१५ , ३ महिना अगाडि