पानी खुवाउने क्रममा गोरूले हान्दा एक जनाको मृत्यु

तुलसीपुर । पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –१७ जमेराका ७१ बर्षिय गहचा चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक सूर्य रानाका अनुसार चौधरी मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते भएका थिए ।

ढाड, पेट र दुवै हातमा चोट लागेका घाइते चौधरीलाई मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो । उनको बुधबार बिहान ९ बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०२-२६ , समय : १२:३३:०८ , ३ महिना अगाडि