
इलाम । गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुुब्बालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
आगो निभाउने क्रममा अनुहार तथा शरीरमा आगोको लप्काले भेटेर घाइते भएका सुुब्बा राति नै बेहोस् भएपछि इलाम अस्पताल ल्याइएको थियो । अस्पतालले प्राथमिक उपचार गरेर डिस्चार्ज गरे पनि पोलेको घाउ नघटेपछि अहिले थप उपचारका लागि काठमाडौं पठाइएको सुुब्बाका दाजु गृष्म सुुब्बाले बताए।

प्रकाशित मिति: २०२५-०२-२६ , समय : १४:४०:०६ , ३ महिना अगाडि