
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दाजुभाइ पक्राउ परेका छन्।
प्रहरीले गोडैता नगरपालिका–५, रामवनका ३८ वर्षीय मनोजकुमार गुप्ता र उहाँका भाइ ३५ वर्षीय भगवान गुप्तालाई स्रोत खुल्न खुुलाउन नसकेको रकमसहित पक्राउ गरेको हो। गुप्ता दाजुभाइको साथबाट सात लाख २८ हजार नौ सय रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका गुप्ता दाजुभाइलाई मलङ्गवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडि नियमित चेकजाँच गर्दा नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए।
सिंहका अनुसार गुप्ता दाजुुभाइलाई मङ्गलबार सर्लाही जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: २०२५-०३-०४ , समय : २१:०३:४५ , ३ महिना अगाडि