
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा न्यूनतम साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने विषयमा छलफल भएको छ । सत्ता गठबन्धनले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबारसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनसक्ने जानकारी दिए ।
उनका अनुसार यो अनौपचारिक बैठक हो, जसमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे समेत छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले मन्त्रालय फुटाउने विषयमा छलफल नभएको र योजना पनि नभएको बताए ।
प्रकाशित मिति: २०२३-०१-०४ , समय : २१:२१:३९ , २ वर्ष अगाडि