
ढल्केबर । धनुषाको मिथिला नगरपालिका–११, चुरे क्षेत्रमा पर्ने दुधपानी र माथिल्लो बाहुनमारा बस्तीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा खानेपानीको समस्याबाट ग्रस्त बनेका छन्। सुक्खा मौसम सुरु भएसँगै धारामा पानी आउन छाडेपछि यहाँको जनजीवन प्रभावित बनेको हो ।
दुधपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जितबहादुर घिसिङ्ले खानेपानीको एक मात्र विकल्प धारामा पानी आउन छाडेकाले अहिले यहाँ खानेपानीको चरम अभाव भएको बताए । मुहान नै सुकेपछि धाराबाट पानी आउन छाडेको बताउँदै उहाँले दुधपानी बस्तीका करिब १६० घरधुरी पानीको अभाव झेलिरहेको जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०४-१२ , समय : १३:२८:३२ , ३ महिना अगाडि